यी तीन ठूला परियोजना जसले नेपाली अर्थतन्त्रको कायापलट गर्न सक्छ

काठमाडौं । नेपालले पछिल्लो ३ बर्षयाता निरन्तर ६ प्रतिशतभन्दा बढि आर्थिक वृद्धि हासिल गरिरहेको छ । त्यससँग सगै वैदेशिक लगानी समेत बढिरहको छ ।

 

नेपाल सरकार तथा लगानी बोर्डले लगानी सम्मेलन तथा अन्य माध्यमबाट नेपालमा विदेशी लगानी भित्रारहेको छन् ।

 

केही परियोजनामा सम्झौता भइ निर्माण चरणमा र केहि परियोजना लगानीका लागि सम्झौता भइ निर्माण कार्यका लागि अघि बढिरहेको छ । यहाँ त्यस्ता केही परियोजनाका बारेमा चर्चा गरिएको छ, जसले नेपालको आर्थिक वृद्धिमा नयाँ योग्दान दिन सक्छन ।

 

एकीकृत फोहोर मैला व्यवस्थापन परियोजना

 

लगानी बोर्ड मार्फत उपत्यकाका काठमाडाैँ, ललितपुर र भक्तपुर महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्ने परियोजना अघि बढेको छ ।

 

सन् २०१३ को एसियाली विकास बैंकको एक अध्ययन प्रतिवेदनका अनुसार उपत्यकाका स्थानीय निकायहरुले फोहोरमैला व्यवस्थापनमा आफ्नो कुल बजेटको ९ देखि २२ प्रतिशत सम्म खर्च गरिरहेका छन् ।

 

यस परियोजनाको कुल लागत १० करोड अमेरिकी डलरको लगानी हुने प्रारम्भिक अनुमान लगाइएको छ ।

 

उपत्यकाबाट उत्पादित फोहोरमैलालाई दिगो प्रयोग, पुनप्रयोग र त्यसको नयाँपनमा पुनप्रयोग गर्ने उद्देश्यका साथ यो परियोजना सन् २०११ बाट अघि बढाइएको हो ।

 

सहरी विकास मन्त्रालय, स्थानीय सरकारहरु महानगरपालिका तथा नगरपालिकाहरु यस परियोजनामा एकीकृत रुपमा सहभागी हुनेछन् ।

 

यसमा पहिलो चरणमा काठमाडाैँ महानगरपालिका र केहि नगरपालिका, दा्रेस्रो चरणमा ललितपुर महानगरपालिका र किर्तिपुर नगरपालिका भने तेस्रो चरणमा भक्तपुर जिल्लाका सबै नगरपालिकामा यो परियोजना लागु गरिनेछ ।

 

परियोजना सहरी विकास मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको संयुक्त समन्वयमा अघि बढ्नेछ ।

 

यस आयोजनाको पहिलो चरणको काम ‘नेपा वेइस्ट’ प्रालि र दाेस्राे तथा तेस्रो चरणको काम ‘क्लिन भ्याली’ कम्पनी प्रालीले गर्नेछन् ।

 

यो आयोजना सम्पन्न भएमा उपत्यकाको फोहोरमैला व्यवस्थापनको दिगो समाधान हुनेछ । सँधै जसो विवाद आउने ‘ल्याण्डफिल्ड साइट’को समस्या पनि समाधानको बाटोमा अघि बढ्नेछ ।

 

सन् २०१३ को एसियाली विकास बैंकको एक अध्ययन प्रतिवेदनका अनुसार उपत्यकाका स्थानीय निकायहरुले फोहोरमैला व्यवस्थापनमा आफ्नो कुल बजेटको ९ देखि २२ प्रतिशत सम्म खर्च गरिरहेका छन् ।

 

यो परियोजना सम्पन्न हुनासाथ उक्त बजेटमा कमी आउनुका साथै थप आम्दानी पनि हुन थाल्ने छ । यस परियोजनाबाट ऊर्जा, बायोग्यास, कम्पोष्ट मल र पुनप्रयोग गर्न मिल्ले सामानहरुको उत्पादन गरिनेछ ।

 

हाल आयात भइरहेको ग्यासमा समेत कमी आउने र सरकारको भारमा समेत कमि हुने देखिन्छ ।

 

तर यसका समस्या भने रहेको छ । लामो समयसम्म पनि कार्यान्वयनको पूर्णचरणमा पुगिनसकेको यो आयोजना स्थानीय सरकारले संरचनाले केही समय अलमल भएको देखिन्छ ।

 

अर्काेतर्फ लागत बढदै जाने असजिलो कार्यान्वयनको प्रक्रिया भएकोले केही जटिलता भने सृजना हुन सक्छ । आयोजनाले प्रक्रिया भने सम्पन्न गरिसकेको छ ।

 

माथिल्लो मस्याङ्गदी जलविद्युत परियोजना

 

लगानी बोर्ड मार्फत निर्माण हुन ६ सय मेगावाटको परियोजना हो, माथिल्यो मस्याङ्गदी जलविद्युत परियोजना । यो परियोजना पीकीङ रन अफ दि रिभर ( दैनिक केहि समय पानी जम्मा गरेर विद्युत निकाल्ने) हो ।

 

यो जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न ७ बर्ष लाग्ने अनुमान गरिएको छ । यो न्युनतम ३–४ घण्टा लगातार पुर्ण क्षमतामा सञ्चालन गर्न सकिने आयोजना हो । ४ सय केभी प्रसारण लाइन मार्फत उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइन करिडोरमा जोडिनेछ ।

 

यस जलविद्युत आयोजना हिमताल जलविद्युत प्रालीले निर्माण गर्नेछ । यो आयोजना पीपीपी मोडल अन्तर्गत विल्ड, अपरेड वान तथा ट्रान्सफर मोडलमा निर्माण गरिनेछ ।

 

निर्माण सम्पन्न भएको २५ बर्ष पछि पुर्ण सञ्चालित अवस्थामा नेपाल सरकारले प्राप्त गर्ने छ । यस आयोजनामा ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरण पार्टनर हुन ।

 

यो परियोजनामा २ हजार भन्दा बढिले प्रत्यक्ष रोजगारी पाउने छन् । स्थानीयवासीले जलविद्युत कम्पनीको सेयर पनि पाउनेछन् । अर्काे तर्फ स्थानीय तहमा भौतिक पूर्वाधार निर्माण, विद्यालय तथा स्वास्थ्य चौकी जस्ता परियोजनाहरु निर्माण हुने छन् ।

 

माथिल्लो कर्णाली जलविद्युत परियोजना

 

९ सय मेगावाटको महत्वपुर्ण परियोजना हो माथिल्लो कर्णाली जलविद्युत परियोजना, जसलाई भारतीय कम्पनी जीएमआरले निर्माण गर्न लागेको छ ।

 

सुर्खेत, अछाम र दैलेख जिल्लामा बन्न लागेका उक्त परियोजना विल्ड अपरेट वान र टान्सर्फर पीपीपी मोडलमा निर्माण गर्न लागिएको हो जसलाई २५ बर्ष पछि नेपाललाई चालु अवस्थामा नै हस्तान्तरण गर्नुपर्नेछ ।

 

यसबाट नेपालले १२ प्रतिशत विद्युत निः शुल्क पाउनेछ भने । २७ प्रतिशत ‘इक्वीटी’ पनि पाउने छ । निर्माण समयमा २ हजार भन्दा ज्यादालाई प्रत्यक्ष रोजगारी प्रदान गरिनेछ ।

 

दुई पटक समयअवधि थप्दा पनि उक्त आयोजनाले लगानी भने जुटाउन सकेको छैन । यो आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्ने लक्ष्य लिइएको छ । सम्भावित बजार भने भारत र बङ्गलादेश नै हो ।

 

स्थानीयवासीलाई सेयर दिइनुका साथै स्थानीय विद्यालय, स्वास्थ्य सेवा र स्थानीयलाई दिगो रोजगारी हुने सिपमुलक तालिम समेत प्रदान गरिनेछ । साथसाथै उक्त परियोजनाबाट आउने ‘रोल्यटी’को कुल रकम मध्ये १२ प्रतिशत रोल्यटी स्थानीय जनताले पाउँनेछन ।

 

जीएमआर कम्पनीले भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल, दिल्लीको निर्माण गरेको अनुभव छ । सरकारले उक्त आयोजना निर्माण गर्न १४ सेप्टेबर २०१४ मा पीडीए सम्झौता गरेको थियो ।

 

तर दुई पटक समयअवधि थप्दा पनि उक्त आयोजनाले लगानी भने जुटाउन सकेको छैन । यो आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्ने लक्ष्य लिइएको छ । सम्भावित बजार भने भारत र बङगलादेश नै हो ।

 

तर, हालसम्म पनि यो कम्पनीले विजुली निर्यातको लागि भारत तथा बङगलादेश कुनै पनि निर्यातको सम्झौता गर्न सकेको छैन ।

ज्योति लाईफको दोस्रो साधारणसभा सम्पन्न, ६६ करोडको आइपीओ ल्याउने Read Previous

ज्योति लाईफको दोस्रो साधारणसभा सम्पन्न, ६६ करोडको आइपीओ ल्याउने

नेपाल एसबीआई बैंकको लाभांश घोषणा Read Next

नेपाल एसबीआई बैंकको लाभांश घोषणा