
नेपाल एसबीआई बैंकले १६.८४ प्रतिसत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६ प्रतिसत बोनस सेयर र १०.८४ प्रतिसत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ ।
प्रस्तावीत बाेनस नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्नेछ ।
असार मसान्तसम्म बैंकले २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ २६ पैसा रहेको एसबीआइको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ८९ पैसा छ ।