काठमाडौं । नबिल बैंकले आक्रमक रुपमा शाखा विस्तार गर्ने भएको छ । हालै नेपाल बंगलादेश बैंकलाई गाभेको नबिलले देशका सातै प्रदेशमा शाखा विस्तार गर्न लागेको हो ।
बैंकले देशका विभिन्न ३६ व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालन गर्नका लागि घर खोजी गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै शाखा कार्यालय राख्नका लागि १ हजारदेखि ३ वर्गफिट क्षेत्रफलको घर भाडामा लिने भएको हो ।
बैंकको शाखा राख्न घर भाडामा दिन चाहने घरधनीले साउन २५ गतेभित्र प्रादेशिक कार्यालयमा निवेदन दिन आह्वान गरेको छ ।
बैंकलाई भाडामा दिने घर कम्तीम ६ मिटर चौडाइको सडक भएको, पार्किङ, पानी बिजुली सुविधा भएको, भूकम्प प्रतिरोधी हुनुपर्ने छ । साथै, कम्तीमा १५ वर्षका लागि भाडामा दिनुपर्नेछ ।
