बैंकबाट ९ दिनमै बाहिरियो ८४ अर्ब, ऋण पनि १७ अर्ब घट्यो

काठमाडौं । पछिल्लो ९ दिनमै वाणिज्य बैंकहरुबाट ८४ अर्ब निक्षेप बाहिरिएको छ । साउन लागेपछि वाणिज्य बैंकहरुबाट उक्त रकम झिकिएको हो ।

नेपाल बैंकर्स संघका अनुसार असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप साउन ९ गते आइपुग्दा ८४ अर्बले घटेर ४४ खर्ब ५७ अर्बमा झरेको छ ।

यस अवधिमा बैंकहरुको कर्जा लगानी पनि घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी साउन ९ सम्म आउँदा १७ अर्बले घटेर ४१ खर्ब ५८ अर्बमा झरेको छ ।

नबिल बैंकले नयाँ शाखा खोल्न यी ३६ ठाउँमा खोज्यो घर (सूचीसहित) Read Previous

नबिल बैंकले नयाँ शाखा खोल्न यी ३६ ठाउँमा खोज्यो घर (सूचीसहित)

अनुचित कारोबार गर्ने १ हजार ३३१ व्यापारिक फर्म कारबाहीमा Read Next

अनुचित कारोबार गर्ने १ हजार ३३१ व्यापारिक फर्म कारबाहीमा