ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिएपछि…

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहानबा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस अनियन्त्रित भई ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डीआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ।

बस पल्‍टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ। बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो।

उक्त बस ट्याक्सीमाथि पल्टिँदा बसका यात्रुसहित ३ जना घाइते भएको प्रहरीले जनाएको । उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

नारायणगढ-बुटवल सडकमा हेलचेक्र्याइँ, ठेक्का म्याद सकिँदा रुख काटेर पनि सकिएन Read Previous

नारायणगढ-बुटवल सडकमा हेलचेक्र्याइँ, ठेक्का म्याद सकिँदा रुख काटेर पनि सकिएन

नबिल बैंकले नयाँ शाखा खोल्न यी ३६ ठाउँमा खोज्यो घर (सूचीसहित) Read Next

नबिल बैंकले नयाँ शाखा खोल्न यी ३६ ठाउँमा खोज्यो घर (सूचीसहित)