ठेक्का लिएर काम नगर्ने ९ कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । सरकारले ठेक्का लिएर काम अलपत्र पार्ने ९ कम्पनीलाई कालोसूचीमा राखेको छ । ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै ९ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।

कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयले बालाजु-त्रिशुली र छहरे-विदुर सडक विस्तारको ठेक्का पाएको दिनेशचन्द्र आररनागर्जुनरकोशी एन्ड न्यौपाने जेभी र दाङमा खानेपानी आयोजनाको काम अलपत्र पार्ने शिवराम कन्स्ट्रक्सन कम्पनी र सिद्धगढी इन्जिनियररिङ एन्ड बिल्डर्स जेभीलाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।

त्यसैगरी, अमन एन्ड इसा कन्स्ट्रक्सन, आकाश एन्ड पवन कन्स्ट्रक्सन, ड्रप सप्लाई एन्ड सर्भिसेज प्रालि, थोकर/निभारलयुल जेभीलाई, रुजन/जगदम्बा/भुवनेश्वरी एन्ड भैभव जेभीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउनेछैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

 

राष्ट्र बैंकले नै दियो १४ प्रतिशत ब्याज Read Previous

राष्ट्र बैंकले नै दियो १४ प्रतिशत ब्याज

प्रहरीले बुझायो जेठ १४ गतेको सीसीटीभी फुटेज, आजै ४ बजे छानबिन समितिको बैठक बस्ने Read Next

प्रहरीले बुझायो जेठ १४ गतेको सीसीटीभी फुटेज, आजै ४ बजे छानबिन समितिको बैठक बस्ने