राष्ट्र बैंकले नै दियो १४ प्रतिशत ब्याज

काठमडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकले आज (साउन १० गते) २८ दिन र ९१ दिनको लागि उक्त रकम बराबरको ट्रेजरी बिल जारी गरेको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ र २८ दिन अवधिका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको हो ।

यी ट्रेजरीमा लगानी गर्नेलाई राष्ट्र बैंकले झन्डै १४ प्रतिशतसम्म ब्याज दिएको बताइएको छ । यी दुई अवधिका ट्रेजरी बिलमा बैंकहरूले १२.२४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन्।

राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गरेको हो । मौद्रिक नीतिबाट ब्याजदर बढाउने घोषणा गरेको राष्ट्र बैंकले आफैंले महँगो ब्याज दिएर बैंकहरुलाई पनि ब्याज बढाउन थप दबाब दिएको हो

राष्ट्र बैंकले ट्रेजरीमै १४ प्रतिशत ब्याज दिन थालेपछि बैंकहरुले कर्जा लगानीभन्दा ट्रेजरीमा लगानी बढाउन सक्ने बैंकरहरु नै बताउँछन् ।

ट्रेजरी बिल आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा १ वर्ष)सम्म स्रोत जुटाउन राष्ट्र बैंकले ट्रेजरी बिल विक्री गर्ने गर्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

स्याकार ट्रेडिङद्धारा टाटा ग्रीन ब्याट्रीको विक्री सुरू Read Previous

स्याकार ट्रेडिङद्धारा टाटा ग्रीन ब्याट्रीको विक्री सुरू

ठेक्का लिएर काम नगर्ने  ९ कम्पनी कालोसूचीमा (नामसहित) Read Next

ठेक्का लिएर काम नगर्ने ९ कम्पनी कालोसूचीमा (नामसहित)