स्याकार ट्रेडिङद्धारा टाटा ग्रीन ब्याट्रीको विक्री सुरू

काठमाडौं । नेपालको लागि होन्डा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले टाटा ग्रीन ब्याट्रीको पनि आधिकारिक वितरकको रुपमा कारोबार सुरु गरेको छ ।

स्याकारले टू व्हीलर्समा प्रयोग हुन् ब्याट्रीको आधिकारीक विक्री सुरु गरेको हो । टाटा ग्रीन ब्याट्रीज, अटो कम्पनी जीवाई ब्याट्रीजले उत्पादन गर्छ । यो कम्पनी भारतको प्रमुख अटोमोटीभ ब्याट्री उत्पादक मध्येमा पर्छ । गत विहिवार एक कार्यक्रमका बीच सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त अवसरमा टाटा ग्रीन ब्याट्रीका प्रमुख कार्यकारी अधिकृत रवि गुप्ताले भने, ‘टाटा ग्रीन ब्याट्री टु व्हीलर्स ब्याट्री उत्पादकको रुपमा भारतमा रहेका ठूला बिक्रेताहरु मध्ये एक हो । जसले प्रमुख दुई पाङ्ग्रे सवारी ब्राण्डहरु होन्डा मोटरसाइकल र स्कुटर इन्डिया, टीभीएस, जावा, सुजुकी, प्याजीयो जस्ता ब्राण्डमा सप्लाई गर्छ ।’

गुप्ताले नेपालमा स्याकार ट्रेडिङसँग जोडिएर ब्यवसाय गर्दा कम्पनी र ग्राहकले थप फाइदा पाउने बताए ।

कार्यक्रममा स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले भने, ‘व्यावसयको दुनियाँमा टाटा एउटा प्रमुख ब्रान्ड हो र त्यसैले टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु, स्याकार ट्रेडिङ कम्पनीको इतिहासमा एउटा नयाँ चरणमा पुग्नु हो । हामी हाम्रो देशभर रहेका १५० विक्रेताको सञ्जाल मार्फत नेपालको कुना कुनासम्म टाटा ग्रीन ब्याट्री पुर्याउने छौं ।’

जीवन बदल्ने माध्यम बन्दै 'ड्रागन खेती' Read Previous

जीवन बदल्ने माध्यम बन्दै 'ड्रागन खेती'

राष्ट्र बैंकले नै दियो १४ प्रतिशत ब्याज Read Next

राष्ट्र बैंकले नै दियो १४ प्रतिशत ब्याज