प्रहरीले बुझायो जेठ १४ गतेको सीसीटीभी फुटेज, आजै ४ बजे छानबिन समितिको बैठक बस्ने

काठमाडौं । संसदीय विशेष छानविन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु गरेको छ ।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई सम्लग्न गराएको भनी गठित छानबिन समितिले अर्थमन्त्रालयमा डिलिट गरिएको भनिएको सीसीटीभी फुटेजको वास्तविकता पत्ता लगाउन विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।

आज बिहान बसेको समितिको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा अध्ययन सुरु गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

प्राविधिक विषयमा थप जानकारी लिन हामीले सम्बन्धित अधिकारीलाई बोलाएका छौँ । समितिको बैठक अपराह्न ४ बजे पुनः बस्नेछ । बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

ठेक्का लिएर काम नगर्ने  ९ कम्पनी कालोसूचीमा (नामसहित) Read Previous

ठेक्का लिएर काम नगर्ने ९ कम्पनी कालोसूचीमा (नामसहित)

वित्तीय स्थिरता र खस्किदो अर्थतन्त्रलाई लयमा ल्याउने मौद्रिक नीति : सीबीफिन Read Next

वित्तीय स्थिरता र खस्किदो अर्थतन्त्रलाई लयमा ल्याउने मौद्रिक नीति : सीबीफिन