ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचकमा सुधार, ईपीएस भने घट्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको अधिकांश सूचकमा सुधार आएको छ ।

लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा, ब्याज आम्दानी, संचालन मुनाफा, रिजर्भ कोष लगायत अधिकांश मुख्य वित्तीय सूचकमा सुधार आएको छ ।

लघुवित्तले गत वर्षको असार मसान्तसम्ममा २५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.३१ प्रतिशत बढेर ५६ करोड ७८ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी २५.८४ प्रतिशत बढेर ७१ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ९६ करोड निक्षेप र ४ अर्ब ६३ करोड सापटी लिई कुल ८ अर्ब २४ करोड कर्जा लगानी गरेको छ ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७.४० रुपैयाँ घटेर ४५.३४ पैसामा सीमित भएको छ।

समीक्षा अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात २८.६५ गुणा, प्रतिसेयर नेटवर्थ १८३.४२ रुपैयाँ, खराब कर्जा १.६८ प्रतिशत रहेको छ।

 

रसुवागढी हाइड्रोपावरको आइपीओ भर्ने म्याद फेरि थप, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Previous

रसुवागढी हाइड्रोपावरको आइपीओ भर्ने म्याद फेरि थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

विद्युतीय तार भूमिगत गर्ने काम सुस्त, अढाई वर्षमा कुन-कुन ठाउँमा गरियो ? Read Next

विद्युतीय तार भूमिगत गर्ने काम सुस्त, अढाई वर्षमा कुन-कुन ठाउँमा गरियो ?