रसुवागढी हाइड्रोपावरको आइपीओ भर्ने म्याद फेरि थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने म्याद पुनः थप भएको छ ।

कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित रसुवाबासीका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने म्याद पहिलो पटक साउन १० गतेसम्म थप गरिएको थियो । यस अवधिमा पनि सेयर विक्री नभएपछि पुनः साउन ३१ गतेसम्म म्याद थप गरिएको हो ।

कम्पनीले रसुवाबासीका लागि प्रतिकित्ता १०० अंकित दरमा ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

निष्काशित भएको उक्त सेयरमध्ये आयोजना अतिप्रभावित गोसाइँकुण्ड गाउँपालिका–१ र २, प्रभावित आमाछोदिङ्मो गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ र सामान्य प्रभावित उल्लेखित क्षेत्रभन्दा बाहिर बसोबास गर्ने जिल्लावासीमा ४.५ः १.५ः १ का दरले सेयर बाँडफाँड गरिने आह्वानपत्रमा उल्लेख छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्ताका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस्तै, सह निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका हुँदै बहने भोटेकोसी नदीमा १११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

सानिमा बैंकको भिडियो केवाइसी सेवा सुरू Read Previous

सानिमा बैंकको भिडियो केवाइसी सेवा सुरू

ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचकमा सुधार, ईपीएस भने घट्यो Read Next

ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचकमा सुधार, ईपीएस भने घट्यो