सानिमा बैंकको भिडियो केवाइसी सेवा सुरू

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाइसी (भीकेवाइसी) सेवा सुरु गरेको छ ।

गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाइसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

भीकेवाइसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् ।

ग्राहकहरुले अनलाइन खाता खोल्दा भीकेवाइसी विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ । भीकेवाइसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक १ करोडसम्म खर्च गर्न सक्नेछन् ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम संचालनमा रहेका छन् ।

मूल्यवृद्धि नियन्त्रणको 'अस्त्र' ब्याजदर वृद्धि Read Previous

मूल्यवृद्धि नियन्त्रणको 'अस्त्र' ब्याजदर वृद्धि

रसुवागढी हाइड्रोपावरको आइपीओ भर्ने म्याद फेरि थप, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Next

रसुवागढी हाइड्रोपावरको आइपीओ भर्ने म्याद फेरि थप, अब कहिलेसम्म भर्न पाइन्छ ?