आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्वार भेहिकल हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्धारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमका बीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् ।

गृहमन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरे । खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्र्दै विपद्बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताए ।

आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैलाई जानकारी नै छ । कठिन भौगोलिक अवस्थाको कारणले गर्दा हाम्रो देश भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा छ । त्यसैगरी भविष्यमा कोभिड जस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । त्यस्तै, सडक, हवाई र निर्माण सम्बन्धी ठूला दुर्घटना हुने सम्भावना पनि रहन्छ नै । त्यसैले जनताको जीवन रक्षाका लागि सधैं तयार रहनु अति आवश्यक छ ।

यो अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ ।

यी भेहिकलहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन्। त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन्। यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।

यस्ता ठूला दुर्घटना र विपद्को समयमा मास क्यारिङ् भेहिकलको अभावमा वर्षेनी हजारौं व्यक्तिहरु अस्पताल पुर्याउँदा पुर्याउँदै अनाहकमा ज्यान गुमाउने गरेका छन् । यी भेहिकलले यसको न्यूनीकरणमा ठूलो भूमिका निर्वाह हुने आइएमई मोटर्सले विश्वास लिएको छ ।

‘स्कुल टू ट्रयाक कार्टिङ कम्पिटिसन’ सम्पन्न Read Previous

‘स्कुल टू ट्रयाक कार्टिङ कम्पिटिसन’ सम्पन्न

ग्लोबल आइएमई बैंकको 'चक्रवर्ती मुद्दती निक्षेप' योजना सार्वजनिक Read Next

ग्लोबल आइएमई बैंकको 'चक्रवर्ती मुद्दती निक्षेप' योजना सार्वजनिक