ग्लोबल आइएमई बैंकको ‘चक्रवर्ती मुद्दती निक्षेप’ योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने ‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौब्बर वा ग्राहकहरुको चाहना बमोजिम सोभन्दा अझ बढी हुनेछ ।

यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । यो मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रहेको छ ।

यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पुर्याउने बैंकको विश्वास रहेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयानुकूल यस्ता योजनाहरु सार्वजनिक गर्दै ग्राहकहरुलाई उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

बैंकले देशका ७७ जिल्लामा रहेका २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्वार भेहिकल हस्तान्तरण Read Previous

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्वार भेहिकल हस्तान्तरण

मन्दाकिनी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ Read Next

मन्दाकिनी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ