‘स्कुल टू ट्रयाक कार्टिङ कम्पिटिसन’ सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनीयरिङ्ग कलेजको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक फर्मुला वान इन स्कुल्स कार्यक्रम अन्तर्गत स्कुल टू ट्रयाक कार्टिङ कम्पिटिसन सम्पन्न भएको छ ।

शनिबार हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन सम्पन्न भएको हो ।

उक्त प्रतिस्पर्धामा कोर्निभा महर्जन विजयी भएकी छिन् । बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको सो प्रतियोगितामा कोर्निभाले २४.२३ सेकेन्डमा ल्याप पूरा गरिन् ।

दोस्रोे स्थान हासिल गरेकी सुजाता शर्माले २५.०६ सेकेन्ड लगाएकी थिइन् भने २५.३४ सेकेन्ड लगाएर प्रशंसा सिग्देल तेस्रोे भइन् । विजयी तिनै जना न्याथमको तर्फबाट कम्पिटिसनमा भाग लिएका थिए ।

प्रतियोगितामा थापाथली क्याम्पस, काठमाडौँ इन्जिनीयरिङ्ग कलेज, कसमस कलेज र न्याथमका ३५ जना विद्यार्थी छात्रा प्रतिस्पर्धीको उत्साहजनक सहभागीता रहेको फर्मुला वान इन स्कूल्स नेपालका कोर्डिनेटर, सुयोग खनालले बताएका छन् ।

प्रतियोगिताको सुरुवातमा एफआइए वल्र्ड काउन्सील मेम्बर गोविन्द भट्टराई, नासा नेपालका उपाध्यक्ष सिताराम न्यौपाने र सुयोग खनालले व्यक्तित्व विकास, मोटर स्पोर्टस्, कार्टिङ र फर्मुला वानको बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गरेका थिए ।

नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्वार भेहिकल हस्तान्तरण Read Next

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्वार भेहिकल हस्तान्तरण