निफ्राको पूँजी वृद्धि गरिने, अब अन्य संस्था मर्ज/पाप्ति गर्न पाउने

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को पूँजी वृद्धि गरिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निफ्राको पूँजी वृद्धिको योजना अघि सारेको हो ।

पूँजी वृद्धिका लागि निफ्राले अब पूर्वाधार क्षेत्रमा लगानी गर्ने अन्य संस्थासँग मर्जरमा जान वा प्राप्ति गर्न पाउने व्यवस्था गरिएको छ ।

‘पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई संचालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पूँजी वृद्धि गर्न प्रोत्साहित गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीति : यस्ता छन् सेयर बजार सम्बन्धी गरिएका मुख्य ४ व्यवस्था Read Previous

मौद्रिक नीति : यस्ता छन् सेयर बजार सम्बन्धी गरिएका मुख्य ४ व्यवस्था

घरजग्गा धितोमा कडाइ : अब धितो राखेर ३०% मात्रै ऋण पाइने Read Next

घरजग्गा धितोमा कडाइ : अब धितो राखेर ३०% मात्रै ऋण पाइने