घरजग्गा धितोमा कडाइ : अब धितो राखेर ३०% मात्रै ऋण पाइने

  1. काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गरेको छ। गत वर्षदेखि नै घरजग्गामा प्रवाह हुने कर्जामा कडाइ गर्दै आएको राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत थप कडाइ गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौं उपत्यका भित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि काठमाडौं उपत्यका भित्र अनुपात ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो। यो कडाईले घरजग्गा कारोबारमा थप संकुचन ल्याउने छ ।

निफ्राको पूँजी वृद्धि गरिने, अब अन्य संस्था मर्ज/पाप्ति गर्न पाउने Read Previous

निफ्राको पूँजी वृद्धि गरिने, अब अन्य संस्था मर्ज/पाप्ति गर्न पाउने

कसिलो मौद्रिक नीति : कर्जा लगानीमा ब्रेक, तरलता अभाव झनै चर्किने, ब्याजदर बढ्ने Read Next

कसिलो मौद्रिक नीति : कर्जा लगानीमा ब्रेक, तरलता अभाव झनै चर्किने, ब्याजदर बढ्ने