मौद्रिक नीति : यस्ता छन् सेयर बजार सम्बन्धी गरिएका मुख्य ४ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गर्भनर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

मौद्रिक नीतिमार्फत सेयर धितोकर्जा सम्बन्धी ४ करोडको सीमा हटाइएको छ भने अधिकतम १२ करोडको सीमा यथावत राखिएको छ । लगानीकर्ताले लामो समयदेखि सेयर धितोकर्जामा ४/१२ को सीमा हटाउन माग गरे पनि राष्ट्र बैंकले अधिकतम सीमा यथावत राखेको हो ।

यस्तै, मर्जर वा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । यस्ता छन् मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी व्यवस्था गरिएका मुख्य व्यवस्थाहरु :

१. पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई संचालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पूँजी वृद्धि गर्न प्रोत्साहित गरिनेछ ।

२. बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ ।

३. सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिनेछ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ ।

४. सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।

यस्तो छ चालु आवको मौद्रिक नीति (पूर्णपाठ) Read Previous

यस्तो छ चालु आवको मौद्रिक नीति (पूर्णपाठ)

निफ्राको पूँजी वृद्धि गरिने, अब अन्य संस्था मर्ज/पाप्ति गर्न पाउने Read Next

निफ्राको पूँजी वृद्धि गरिने, अब अन्य संस्था मर्ज/पाप्ति गर्न पाउने