१ वर्षमा स्वदेशी लगानीका ३०९ उद्योग दर्ता, ऊर्जामा मात्रै पौने २ खर्ब लगानी प्रस्ताव

सांकेतिक तस्वीर

काठमाडौं । पछिल्लो १ वर्षमा स्वदेशी लगानीका ३०९ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा ती उद्योग दर्ता भएका हुन् ।

एक वर्षको अवधिमा विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रका उद्योगमा आएको छ ।

ऊर्जामूलक क्षेत्रका ५० वटा उद्योगमा १ खर्ब ७० अर्ब ७६ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

यस्तै, ऊर्जापछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएका छन् । एक वर्षको अवधिमा ११५ सेवामूलक क्षेत्रका उद्योग दर्ता हुँदा रु ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।

पर्यटन क्षेत्रका ५८ उद्योगमा रु २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार, सेवामूलक क्षेत्रका ४६ उद्योगका लागि रु ४६ अर्ब ७५ करोड ५८ लाख, कृषि क्षेत्रमा २१ उद्योगका लागि रु पाँच अर्ब २८ करोड ९० लाख ९९ हजार लगानी प्रस्ताव आएको छ ।

त्यसैगरी, सूचना प्रविधि क्षेत्रमा ११ उद्योगका लागि र एक अर्ब ८९ करोड ८५ लाख, पूर्वाधार क्षेत्रका पाँच उद्योगका लागि रु दुई अर्ब २७ करोड ९१ लाख र दुईवटा खनिज उद्योगका लागि रु २५ करोड ९९ लाख बराबरको लगानी प्रतिबद्धता आएको हो ।

रुसले १० दिनपछि फेरि 'नोर्ड स्ट्रिम-१ पाइपलाइन'बाट युरोपलाई दिन थाल्यो ग्यास Read Previous

रुसले १० दिनपछि फेरि 'नोर्ड स्ट्रिम-१ पाइपलाइन'बाट युरोपलाई दिन थाल्यो ग्यास

राष्ट्र बैंकले घटायो वित्तीय विवरण प्रकाशित गर्ने समय, अब कहिलेसम्म गरिसक्नु पर्छ ? Read Next

राष्ट्र बैंकले घटायो वित्तीय विवरण प्रकाशित गर्ने समय, अब कहिलेसम्म गरिसक्नु पर्छ ?