काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने समय घटाएको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण प्रकाशित गर्ने समायवधि १ साता घटाएको हो ।
नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण आर्थिक वर्ष सकिएको तेस्रो साता अर्थात् साउन २१ गतेसम्म प्रकाशित गरिसक्नुपर्ने छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले यस्तो समायवधि १ महिना अर्थात् साउन भरी दिएको थियो । बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमास बाहेकका अन्य त्रैमासको वित्तीय विवरण ७ दिनभित्र प्रकाशित गर्नुपर्ने व्यवस्था छ।
