काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटलको शुभारम्भ भएको छ।
बुधबारनायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित यस स्टोरको उद्घाटन गरेकी हुन् ।
खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कँदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरिन् ।
त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको जनाए ।
‘नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।
यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन्।ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन।
त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निःशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्।बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना छ। यस्तै यसको दिर्घकालिन योजना भनेको देशका सबै सातवटा प्रदेशहरुमा नँया स्टोरहरुको स्थापना गर्ने रहेको छ ।