तनहुँको बरादीमा प्रभु बैंकको नयाँ शाखा संचालनमा

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा तनहुँको आबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा आप्mनो २१६ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बुधबारदेखि बरादी शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको समुद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरिन्।

प्रदेश प्रमुख शेरचनले बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने बैंकको नीति अनुरूप यो शाखा खोलिएको बताइन् ।

प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै उक्त शाखालाई सफलताको शुभकामना व्यक्त गरिन्।

बैंकको बरादी शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।

साथै, स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बरादी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

सेयर बजार घट्दा साढे ५ अर्ब गुम्यो सरकारको कमाइ Read Previous

सेयर बजार घट्दा साढे ५ अर्ब गुम्यो सरकारको कमाइ

नेपालकै ठूलो मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटल संचालनमा Read Next

नेपालकै ठूलो मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटल संचालनमा