क्रिप्टोमा गरिएको लगानी धमाधम झिक्दै टेस्ला, ७५ प्रतिशत हिस्सा बेचिसक्यो

काठमाडौं । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले धमाधम क्रिप्टोकरेन्सी बेचिरहेको छ । गत वर्ष मात्रै बिटक्वाइन्मा २ अर्ब डलर लगानी गरेको टेस्लाले मूल्य घट्न थालेसँगै धमाधम बिटक्वाइन बेचेको हो ।

गत वर्षमात्र बिटक्वाइनमा कम्पनीले ठूलो लगानी गरेको जानकारी दिएको कम्पनीले अहिले यसको ७५ प्रतिशत हिस्सा बेचिसकेको छ। सन् २०२१ को अन्त्यमा २ अर्ब डलर मूल्यांकन गरिएको बिटक्वाइन बेचेको कम्पनीले जानकारी दिएको छ।

पछिल्लो एक वर्षमै बिटक्वाइन्को मूल्य आधा बढीले घटिसकेको छ । क्रिप्टोकरेन्सीको मूल्य एकै वर्षमा ५० प्रतिशतभन्दा बढीले घटिरहँदा कम्पनीले आफ्नो लगानी बेचेर सुरक्षित रहन चाहेको देखिन्छ।

बिटक्वाइन बेचेर कम्पनीले ९३६ मिलियन डलर परम्परागत मुद्रा प्राप्त गरेको टेस्लाले जनाएको छ । इलन मस्क विश्वका हाइप्रोफाइल क्रिप्टो च्याम्पियनमध्ये एक मानिन्छ। उनले सामाजिक संजालमा गर्ने अभिव्यक्तिले विश्वका ट्रेडिङ गतिविधहरुमा महत्पूर्ण प्रभाव राख्दै आएको छ।

टेस्लाले २ अर्ब डलर बिटक्वाइनमा लगानी गरेको सार्वजनिक गरेपछि त्यसले बजारमा बिटक्वाइनको माग ह्वात्तै बढाइदिएको थियो। क्र्यास हुनुअघि गत वर्षको नोभेम्बरमा यसको मूल्य ७० हजार डलरसम्म पुगेको थियो। हाल भने बिटक्वाइन २५ हजार डलरभन्दा कममा झरिसकेको छ।

नेपालकै ठूलो मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटल संचालनमा Read Previous

नेपालकै ठूलो मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटल संचालनमा

४८० मेगावाटको फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने Read Next

४८० मेगावाटको फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने