काठमाडौं महानगरले ल्यायो ३ वटा अत्याधुनिक दमकल

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप तीन वटा अत्याधुनिक वारुण यन्त्र (दमकल) ल्याएको छ ।पूर्व मेयर विद्यासुन्दर शाक्यकै पालमा खरिद प्रक्रिया अघि बढाइएका ती दमकल अहिले आइपुगेका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ३ वटा दमकल आइपुगेको जानकारी दिएका हुन् ।

महानगरले करिब ८ करोड रुपैयाँ लगानीमा ३ वटा दमकल ल्याएको जनाइएकाे छ । ३ हजार लिटर पानी ट्याङकरको क्षमता भएको यस दमकलले ६० मिटरमाथिसम्म आगाे निभाउन सक्ने बताइएकाे छ ।

थप दमकलको सहयोगले आगलागीको रोकथाम र क्षति कम गर्न सहयोग पुग्ने प्रमुख शाहको विश्वास छ ।

४२ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक Read Previous

४२ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

बोरिङ खन्दा जोरपाटीमा घरभन्दा अग्लो फोहोरा निस्किएपछि... (भिडियोसहित) Read Next

बोरिङ खन्दा जोरपाटीमा घरभन्दा अग्लो फोहोरा निस्किएपछि... (भिडियोसहित)