४२ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ४२ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

बैंकले सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा साउन ८ देखि २०८० असार २८ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३३ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ६ करोड ३० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा २ करोड १० लाख रुपैयाँ गरी कुल ४२ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंकले मुद्दती निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई साउन ४ गते १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।

मुद्दती निक्षेपमा राख्नका लागि निश्चित योग्यता पुगेको हुने पर्ने राष्ट्र बैंकले जनाएको छ । आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको लगायत हुने पर्नेछ ।

वेलायतमा अहिलेसम्मकै उच्च गर्मी, तातोले विमानस्थलको धावनमार्ग पग्लिएपछि उडान अवरुद्ध Read Previous

वेलायतमा अहिलेसम्मकै उच्च गर्मी, तातोले विमानस्थलको धावनमार्ग पग्लिएपछि उडान अवरुद्ध

काठमाडौं महानगरले ल्यायो ३ वटा अत्याधुनिक दमकल Read Next

काठमाडौं महानगरले ल्यायो ३ वटा अत्याधुनिक दमकल