काठमाडौं । पानीका लागि बोरिङ खन्दा काठमाडौंको जोरपाटीस्थित चामुण्डामा लेदो र पानीसहितको फोहोरा निस्किएको छ ।
स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको हो ।
बोरिङ खन्ने क्रममा सोमबार बिहान १० बजेदेखि उक्त स्थानबाट फोहोरा निस्किएको हो । यो फोहोरा वरपरका घरभन्दा पनि अग्लो देखिन्छ ।
उक्त फोहोरामा ग्यास समेत मिसिएको हुन सक्ने स्थानीले बताएका छन् । पानीसहितको फोहोरा आएपछि खानी विभागका अधिकारीहरुलाई बोइलाइएको छ ।
भिडियो स्रोत: दाहाल नगेन्द्र प्रसादको फेसबुकबाट