निक्षेप र कर्जा लगानीमा नबिल बन्यो ‘नम्बर वान’, कुन बैंककाे सीडी रेसियो कति? (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा निक्षेप संकलन र ऋण लगानी दुवैमा नबिल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंगलादेश बैंकलाई आफूमा गाभेको नबिल २५ बैंकलाई पछिपार्दै निक्षेप र ऋण लगानीमा ‘नम्बर बान’ बनेको हो ।

नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म नबिल बैंकको कुल निक्षेप ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ छ भने कर्जा प्रवाह ३ खर्ब ९ अर्ब ६ करोड रुपैयाँ नाघेको छ। नबिलको निक्षेप दोस्रो स्थानमा रहेको एनआइसी एशियाकोभन्दा ३५ अर्बले बढी हो भने कर्जा ४१ अर्ब बढी हो ।

दोस्रो स्थानमा रहेको एनआइसी एसियाको निक्षेप २ खर्ब ९४ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब ६८ अर्ब रुपैयाँ छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरी ४१ खर्ब ७४ अर्ब कर्जा लगानी गरेका छन् ।

सबै बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा तल

असार मसान्तसम्म सबै वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल रहेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न निर्देशन दिएको थियो । सोही अनुसार सबै बैंकले राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल झार्न सफल भएका हुन् ।

बैंकर्स संघका अनुसार असार मसान्तमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.४१ प्रतिशत कायम भएको छ। सो अवधिमा सबैभन्दा बढी सीडी रेसयो नबिल बैंकको ८९.७९ प्रतिशत भने सबैभन्दा कम प्रभु बैंकको ७८.३५ प्रतिशत राखेको छ।

समीक्षा अवधिमा १५ वाणिज्य बैंकको सीडी रेसियो औसतभन्दा माथि रहेको छ भने ११ बैंकको औसतभन्दा कम रहेको छ ।

बोरिङ खन्दा जोरपाटीमा घरभन्दा अग्लो फोहोरा निस्किएपछि... (भिडियोसहित) Read Previous

बोरिङ खन्दा जोरपाटीमा घरभन्दा अग्लो फोहोरा निस्किएपछि... (भिडियोसहित)

नेप्सेमा लगातार सातौं दिन वृद्धि, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक Read Next

नेप्सेमा लगातार सातौं दिन वृद्धि, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक