ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित चार नयाँ खाता योजना

काठमाडौं । गैरआवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । चार नयाँ खाताहरुमा ग्लोबल एनआरएन मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन बचत खाता र ग्लोबल एनआरएन बचत खाता रहेका छन् ।

 

अमेरिकी डलरमा खोल्न सकिने बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशतसम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिने मुद्दति निक्षेपमा ९।२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ ।

 

उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिँदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ । साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

 

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात १० हजार अमेरिकी डलर रहेको छ ।

 

हाल बैंकले देशभरका १४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रभु बैंकका २४ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित) Read Previous

प्रभु बैंकका २४ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित)

दशैंमा लाग्ने ४ रमिता ! Read Next

दशैंमा लाग्ने ४ रमिता !