काठमाडौं । प्रभु बैंकले ग्राहकको सेवालाई मध्यनजर गर्दै दशैंको विदाका दिनमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न २४ वटा शाखा सञ्चालनमा ल्याउने भएको छ ।
बैंकले एक सूचना जारी गर्दै दशैं विदामा सञ्चालन हुने शाखाहरुको सूची सार्वजानिक गरेको छ । दशैं विदाको समयमा पनि काठमाडौं उत्पत्यका भित्र ९ वटा र उपत्यका बाहिरका १५ वटासहित २४ वटा शाखा कार्यालय ११ बजेदेखि २ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।
बैंकको अनुसार उपत्यका भित्रका मुख्य कार्यालय बबरमहल, कमलादी, जावलाखेल, गंगबु चोक, खिचापोखरी न्यूरोड, सूर्यविनायक, कोटेश्वर भाटभटेनि, कालीमाटी र बौद्धमा रहेका शाखा कार्यालय सञ्चालनमा आउने भएका छन् ।
यस्तै, उपत्यका बाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्यूरोड पोखरा, नेपालगञ्ज, कलैया, विरगञ्ज, विराटनगर, बाग्लुङ र धनगढी रहेका छन् ।
दशैंको विदाका दिनमा खुलेका बैंकहरुमा निक्षेप जम्मा गर्न, दैनिक बढीमा १ लाख रुपैयाँसम्म चेक भुक्तानी गर्न र ५० हजार रुपैयाँसम्म रेमिट्यान्सको कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
असोज २१ गते दशैंको टिकाको दिन भने ३६५ दिने बैंकिङ सेवा बन्द हुने बैंकले जनाएको छ ।