साउन १ देखि गाडीको एलसी खुल्ने

काठमाडौं । आगामी साउन १ गतेदेखि गाडी आयातका लागि प्रतीतपत्र (एलसी खुल्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्ले बैठकले यस विषयमा कुनै निर्णय नगरेमा गाडी आयातका लागि वैशाख १४ गतेदेखि लगाइएको एलसीको प्रतिबन्ध आइतबारदेखि खुल्ने भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार असार मसान्तसम्म मात्रै एलसी खोल्न नपाउने उल्लेख थियो । आइतबार बिहानसम्म कुनै निर्णय नभएको खण्डमा गाडीको एलसी खुल्ने देखिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिने लगायतका विकल्प प्रयोग गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै विद्युतीय गाडीको बढेको करमा केही छुट हुन सक्ने देखिएको छ ।

सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७९र८० को बजेटले १०० किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीमा कर वृद्धि गरेको थियो । पूर्णरूपमा के गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय नगरेको भएपनि विद्युतीय गाडीमा बढेको कर केही घटाउने संकेत सरकारले दिएको हो ।

मर्जरपछि बन्ने यी दुई नयाँ कम्पनीले शिखरलाई कडा 'टक्कर' दिने, यस्ता छन् मुख्य सूचक Read Previous

मर्जरपछि बन्ने यी दुई नयाँ कम्पनीले शिखरलाई कडा 'टक्कर' दिने, यस्ता छन् मुख्य सूचक

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित Read Next

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित