अन्नपूर्ण केबलकार १ हप्ता बन्द हुने

काठमाडौं । पर्यटकीय नगरी पोखरामा संचालित अन्नपूर्ण केबलकार १ साताका लागि बन्द हुने भएको छ ।

पोखराको लेकसाइड सेदीबगरदेखि सराङकोटसम्म संचालनमा रहेको उक्त केबलकार नियमित मर्मत सम्भार गर्न असार ३१ देखि साउन ६ सम्म बन्द हुने भएको हो।

केबलकारको सेवा साउन ७ गते बिहान ९ बजेदेखि यथावत् रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यसबाट यात्रुहरूलाई पर्न गएको असुविधा प्रतिक्षमाप्रार्थी भएको कम्पनीले बताएको छ।

पहिलोपटक टेलिभिजनको आइपीओ आउँदै, कान्तिपुरले प्रिमियममा सेयर जारी गर्ने Read Previous

पहिलोपटक टेलिभिजनको आइपीओ आउँदै, कान्तिपुरले प्रिमियममा सेयर जारी गर्ने

नेप्सेमा लगातार वृद्धि, आधा दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार वृद्धि, आधा दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट