काठमाडौं । नेपाली सेयर बजारमा पहिलोपटक संचारमाध्यमको प्राथमिक साधरण सेयर (आइपीओ) आउने भएको छ ।
कान्तिपुर टेलिभिजन संचालन गरिरहेकोे कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियम जोडेर ७ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । यद्यपि, कति प्रिमियम थप्ने भन्ने टुंगो लागेको छैन् ।
आइपीओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ। कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहिया र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कान्तिपुर टेलिभिजनले २०६० असार २९ गते विधिवत रुपमा प्रसारण आरम्भ गरेको थियो भने २०७४ मंसिर २७ देखि एचडी प्रविधिबाट विश्वका एक सयभन्दा बढी मुलुकमा प्रसारण भइरहेको छ । कान्तिपुर टेलिभिजन युट्युब च्यानल र अनलाइनमा समेत हेर्न सकिन्छ।