काठमाडौं । सेयर बजारमा लगातार वृद्धि भएको छ । सोमबार एकैदिन ७७ अंकले घटेको नेप्से मंगलबारदेखि लगातार बढेको हो ।
पछिल्ला ४ कारोबार दिनमा नेप्से ९३ अंकले बढेको छ । शुक्रबार नेप्से ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको छ । यसदिन २३१ कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँ बढीको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटाको घटेको छ । म्युचुअल माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.५७ प्रतिशतले बढेको छ भने अन्य समूह १.६८ प्रतिशतले घटेको छ ।
आज अपर तामाकोशीकोे सर्वाधिक कारोबार भएको छ । यसको पौने २० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक झन्ड ७ करोड र किसान लघुवित्तको प्रमोटर सेयर साढे ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
एकल अंकले बढेको बजारमा आज आधादर्जन म्यूचुअल फण्ड र डिबेन्चरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२ र माछापुच्छे डिबेन्चर २०८५ का धनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सानिमा बैंक डिबेन्चर २०८५, एनआइसी एशिया डिबेन्चर २०८३, कृषि विकास बैंक डिबेन्चर २०८३, नबिल ब्यालेन्स फण्ड ३ र आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले करिब १० प्रतिशत कमाएका छन् ।