प्रभु लाइफ र महालक्ष्मी लाइफ बीच मर्जर सम्झौता, स्वाप रेसियाे कति ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर सम्झाैता भएकाे छ । बिहीबार होटल एलफ्ट ठमेलमा दुवै  कम्पनीका अध्यक्षद्वारा मर्जर सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झाैतामा प्रभु लाईफका तर्फबाट अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाईफका तर्फबाट मनाेरञ्जन रमण शर्माले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार दुवै कम्पनीको शेयर स्वाप रेसियो १:१ अनुपातमा रहने छ भने मर्जर पछि बन्ने बीमकको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।

मर्जर पछि सञ्चालक समितिमा प्रमु लाइफका अध्यक्ष सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका रमेशकुमार भट्टराई रहने तय भएको छ ।

बीमा समितिले गत चैतमा जीवन र निर्जिवन बीमा कम्पनीको चुक्ता पूँजी साढे दुईगुणाले वृद्धि गर्ने निर्णय गरेसँगै ताेकिएकाे पूँजी पुर्याउन मर्जरकाे दबाबमा बीमा कम्पनीहरू छन् । जसकाे कारण धमाधम कम्पनीहरू मर्जर सम्झौताका लागि पार्टनर खाेजिरहेका छन् ।

यसअघि, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, एभरेष्ट र हिमालयन जनरल, सूर्य लाइफ र ज्योती लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ, जनरल र सानिमा जनरल, लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स तथा युनियन लाइफ, प्राइम लाइफ र गुँरास लाइफ बीच एक आपसमा मर्जर  सम्झौता भइसकेको छ ।

४१ करोड लगानीमा हेटौंडामा धुलो दूध बनाउने कारखाना, उत्पादनको तयारी Read Previous

४१ करोड लगानीमा हेटौंडामा धुलो दूध बनाउने कारखाना, उत्पादनको तयारी

अपर तामाकोशी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने Read Next

अपर तामाकोशी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने