काठमाडौं । नेपालको पहिलो र अग्रणी फोन–पेले ५० हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन–पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक ५० हजार भन्दा धेरै कारोबार हुने गरेको छ ।
फोन पे नटेवर्क, बैंक, ग्राहक र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोन पेमा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् ।
जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । फोन पेले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नोे क्षमतालाई ससक्त गर्दैछ ।
५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पेले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले १ हजार, २ जना मर्चेन्टले ५ हजार, १ जना मर्चेन्टलले १० हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । साथै एजना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइनेछ ।
धेरै व्यवसायीहरूले फोन पे का सदस्य बैंक तथा वालेटमार्फत कारोबार विस्तार गर्दै आफ्ना ग्राहकलाई विभिन्न छुट दिँदै आएका छन् । फोन पे का अफर फोनपेको वेभ पेजमार्फत हेर्न सकिन्छ । साथै फोन पे नेटवर्कका मोबाईल बैकिंङमार्फत समेत जानकारी लिन सकिन्छ ।
फोन पेले निकट भविष्यमै अफर एप्स सार्वजनिक गर्दैछ । जहाँ चलिरहेका अफर तथा मर्चेन्ट्, इभेन्ट्स् र स्थान जस्ता ग्राहकलाई आवश्यक पर्ने जानकारीहरू समावेश गरिनेछ ।