विगतको एक डेढ दशकमा विश्व राजनीति र अर्थतन्त्रमा ठूला परिर्वतनहरु आएका छन् । चीनको नेतृत्वमा एसियाले विश्वको आर्थिक नेतृत्व गर्न थाल्यो भने भूमण्डलीकरण, स्वतन्त्रता, धर्मनिरपेक्षता जस्ता लोकतान्त्रीक मूल्य र मान्यताहरु पनि अनुदार मानिने नेताहरुको उदयसँगै परिर्वतनको संघारमा उभिएको देखिन थालेको छ ।
दोस्रो विश्वयुद्धको अन्त्यसँगै विश्व राजनितीक र आर्थिक रुपमा दुई भागमा विभक्त भयो । एक ध्रुर्वको नेतृत्व अमेरिकाले गर्यो भने अर्कोको सोभियत संघले गर्यो ।
आर्थिक र राजनितीक स्वतन्त्रता, निजी सम्पत्ति, कानुनी राज जस्ता राजनीतिक र आर्थिक दर्शनको पैरवी अमेरिकाले गर्यो भने राज्य नियन्त्रित अर्थतन्त्र, समाजवादी आर्थिक र राजनीतिक प्रणाली इत्यादीको नेतृत्व सोभियत संघले गर्यो ।
अन्तत सोभियत संघ विघटन भयो र विश्व एक ध्रुवीय भयो । अमेरिकाले पैरवी गरेको आर्थिक र राजनीतिक दर्शन निर्विकल्प दर्शनको रुपमा केही समयका लागि स्थापित भयो पनि । यसका लागि अमेरिकाले व्यापक रुपमा आफ्नो ‘सफ्ट’ पावरको प्रयोग पनि गर्यो । तर, सन् २००७ को विश्वव्यापी आर्थिक मन्दी पश्चात यस्ता राजनीतिक र आर्थिक दर्शनका बारेमा प्रश्नहरु उठ्न थाले ।
विश्वव्यापी रुपमै प्राज्ञिक क्षेत्रमा कार्ल माक्र्स न्यूयोर्क पसे र एडम स्मिथ बेइजिङ छिरे भन्ने खाले वहस हुन थाल्यो । तर, अहिले यो वहस प्राज्ञिक क्षेत्रबाट बाहिर आएर राजनितीक र आर्थिक डबलीहरु मै हुन थालेको छ । विगत एक डेढ दशकमा सबैभन्दा रोचक त के भइदियो भने जुन आर्थिक व्यवस्थाको लागि अमेरिकाले आफ्नो सम्पूर्ण शक्ति लगायो, त्यही दर्शनको बुई चढेर चीन विश्वको दोस्रो आर्थिक शक्ति बन्यो र सन् २०५० सम्ममा पहिलो शक्ति बन्ने प्रक्षेपण हुन थालेका छन् ।
चीनले ढाडमा चढेर टाउकोमा लौरोले हान्ने नीति लिएपछि अमेरिका रन्थनिएको छ, असमञ्जसमा परेको छ । र, त्यो कन्फ्युजन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा प्रष्ट देखिनै रहेको छ ।
अहिले उनी अमेरिकाले पैरवी गरेको पूँजीवादी अर्थ व्यवस्थाको विस्तारकारी औजार भूमण्डलीकरणको सबैभन्दा कडा आलोचकको रुपमा आएका छन् भने सामाजवादी चीन भूमण्डलीकरणको पैरवी गर्न थालेको छ ।
यसले विश्व फेरी बहुध्रुवीय बन्न लागेको देखिन्छ । र, साथसाथै अबको विश्व कुन राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थाका साथ अगाडि बढ्ला भनेर बौद्धिक जगतमा आँकलन हुन थालेका छन् ।
दशकौं देखि अन्तर्राष्ट्रिय व्यापारलाई विश्वासघाती कदमहरु मार्फत केही देशहरुले निरन्तर दुरुपयोग गर्दै आएका छन् । जसका कारण हाम्रा रोजगारीहरु ‘आउटसोर्स’ हुन थाले । र, मध्यमवर्गलाई मूल्य चुकाउन बाध्य पार्दै केही मानिसहरु मात्र धेरै धनी भए । अमेरिकामा यसको नतिजा स्वरुप उत्पादन क्षेत्रको ४२ लाख रोजगारी गुम्यो । र, विगत २५ वर्षमा १५ ट्रिलियन डलरको व्यापार घाटा भयो ।
यसै मेसोमा अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघको महासभामा गरेको सम्वोधन केही अंश यहाँ समावेश गरिएको छ, जसले अबको विश्वको आर्थिक, राजनीतिक र कुटनितीक बाटो कताको होला भनेर आँकलन गर्नका लागि केही मद्दत पुग्छ ।
ट्रम्पको सम्वोधनको अंश
तपाईंलाई स्वतन्त्रता चाहिन्छ भने आफ्नो मुलुक प्रति गर्व गर्नुहोस् । तपाईंलाई लोकतन्त्र चाहिन्छ भने आफ्नो सार्वभौमसत्तामा अडिग रहनुहोस् । तपाईंलाई शान्ति चाहिन्छ भने आफ्नो राष्ट्रलाई प्रेम गर्नुहोस् । समझदार नेताले आफ्नो देश र जनताको हितलाई सर्वोपरि मान्छन् र त्यसलाई पहिलो प्राथमिकतामा राख्छन् ।
दुनियाँको भविष्य भूमण्डलीकरणका पक्षधरहरुको हातमा छैन । भविष्य राष्ट्रवादीहरुको हातमा छ । भविष्य सार्वभौम र स्वतन्त्र मुलुकहरुको हातमा छ, जसले आफ्नो जनताको रक्षा गर्छ, छिमेकिहरुको सम्मान गर्छ र सबै मुलुकका आफ्नै विशिष्टतालाई सम्मान गर्छ ।
हामी अमेरिकीहरु पनि राष्ट्रिय ‘नविकरण’को रोचक यात्रामा छौं । हामी जे गर्छौं, त्यो हाम्रो जनताको चाहना र सपना पूरा गर्नमा नै केन्द्रित हुनेछ ।

हाम्रो कर र नियामन प्रणालीलाई खुकुलो बनाएर अंगीकार गरिएको बृद्धिमुखी आर्थिक नितिहरुलाई धेरै धन्यवाद छ, जसले हाम्रो बेरोजगारीको दरलाई विगत आधा शताब्दीकै न्यूनतम विन्दूमा पुर्यायो । रोजगारी ऐतिहासिक दरमा सृजना भएको छ । ६० लाख अमेरिकीहरु रोजगारको भूमिकामा आएका छन्, ३ वर्ष भन्दा कम समयमा ।
गत महिना अफ्रिकन अमेरिकन, हिस्प्यानिक अमेरिकन र एसियन अमेरिकनहरुको बेरोजगारी तथ्याङ्क संकलन हुन थालेको समयदेखि कै न्यून रहेको छ ।
अहिले अमेरिका तेल र प्राकिृतिक ग्यासको उत्पादनमा विश्वमै शीर्ष स्थानमा रहेको छ । कामदारका ज्याला र आम्दानीहरु बढिरहेका छन् । र, २५ लाख अमेरिकीहरु गरिबीको रेखाबाट माथि उक्लिएका छन्, ३ वर्ष भन्दा कम समयमा । विश्व सुरक्षाका लागि हामी हाम्रो गठबन्धनलाई पूर्नजिवन दिदैछौं ।
र, त्यसको लागि सबै सहयात्रीहरुले अहिलेसम्म अमेरिकाले मात्र बोकिरहेको अत्यन्तै ठूलो सुरक्षा आर्थिक भारको न्यायोचित हिस्सा लिनुपर्नेछ । हाम्रो राष्ट्रको ‘नविकरण’को मुद्दाको केन्द्रमा रहेको छ, अन्तर्राष्ट्रिय व्यापार ।
दशकौं देखि अन्तर्राष्ट्रिय व्यापारलाई विश्वासघाती कदमहरु मार्फत केही देशहरुले निरन्तर दुरुपयोग गर्दै आएका छन् । जसका कारण हाम्रा रोजगारीहरु ‘आउटसोर्स’ हुन थाले । र, मध्यमवर्गलाई मूल्य चुकाउन बाध्य पार्दै केही मानिसहरु मात्र धेरै धनी भए । अमेरिकामा यसको नतिजा स्वरुप उत्पादन क्षेत्रको ४२ लाख रोजगारी गुम्यो । र, विगत २५ वर्षमा १५ ट्रिलियन डलरको व्यापार घाटा भयो ।
अब, अमेरिकाले यो अन्यायपूर्ण आर्थिक व्यवस्थाको विरुद्धमा निर्णयक कदम चाल्नेछ । हाम्रो लक्ष्य स्पष्ट छ । हामी सन्तुलित व्यापार चाहन्छौं, जुन न्यायोचित र पारस्परिक होस् ।
हामीले हाम्रा साझेदारहरु मेक्सिको र क्यानडासँग ‘नाफ्टा’लाई प्रतिस्थापन गर्न नजिक बसेर काम गरेका छौं । म जापानको प्रधानमन्त्रीसँग बसेर नयाँ व्यापार सम्झौता पनि छिट्टै गर्दैछु । बेलायत युरोपियन युनियनसँग छुट्टिदैं छ ।
बेलायतसँग नयाँ र पारस्परिक लाभ हुने व्यापार सम्झौताको लागि कुरा भएका छन् । हामी प्रधानमन्त्री बोरिस जोन्सनसँग यो विषयमा काम गरिरहेका छौं ।अमेरिकाको नयाँ व्यापार नीतिको सबैभन्दा महत्वपूर्ण र फरक पाटो भनेको हाम्रो चीनसँगको सम्झौता हो ।
अमेरिकाले ६० हजार कारखानाहरु गुमाएको छ, चीन विश्व व्यापार संगठनको सदस्य भएपछि । यो विश्वका अन्य देशहरुसँग भइरहेको छ । विश्व व्यापार संगठनमा धेरै परिर्वतनहको खाँचो छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक स्वघोषित रुपमा विकासोन्मुख राष्ट्र हुन सक्दैन । र, अरुको मूल्यमा प्रणाली नियन्त्रण गर्न सक्दैन ।
सन् २००१ मा चीन विश्व व्यापार संगठनको सदस्य बनेको थियो । हाम्रा तत्कालिन नेताहरुले चीनलाई विश्व व्यापार संगठनको सदस्य बनाउँदा उसलाई आफ्नो अर्थतन्त्रलाई स्वतन्त्र बनाउन र अन्य हामीलाई स्वीकार्य नहुने व्यवस्थाहरु सुधार गर्न बाध्य हुनेछ भनेर तर्क गरेका थिए ।
निजी सम्पक्ति र कानुनी राजको स्थापनामा सुधार आउने विश्वास थियो । यो तर्कको विगत २ दशकमा राम्रैसँग परख भयो र पूर्ण रुपमा गलत पनि साबित भयो ।
चीनले सुधारका कार्यक्रमहरु शुरु गर्ने कुनै चासो देखाएन । बरु, नियन्त्रीत बजार, राज्यको अनुदान, मुद्रा अवमूल्यन, उत्पादन ‘डम्पिङ’, प्रविधि स्थानन्तरण र बौद्धिक सम्पत्तिको चोरी जस्ता कामहरुमा सक्रिय भयो ।
मैले हालै अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजिको प्रमुख कार्यकारीसँग भेटेको थिएँ । माइक्रोनले इलेक्ट्रोनिक चिपको उत्पादन गर्छ । चिनियाँ सरकारको ५ वर्षे आर्थिक योजनालाई गति दिनको लागि चीन सरकारको लगानी रहेको एक कम्पनीले माइक्रोनको डिजाइन चोरी गरेको छ, जसको मूल्य ८ अर्ब २० करोड डलर रहेको छ । र, त्यो डिजाइनको ‘प्याटेन्ट’ दर्ता गराएर माइक्रोनलाई आफ्नै उत्पादन चीनमा बेच्न प्रतिबन्ध लगाइयो ।
हामी न्याय खोज्दै छौं ।
अमेरिकाले ६० हजार कारखानाहरु गुमाएको छ, चीन विश्व व्यापार संगठनको सदस्य भएपछि । यो विश्वका अन्य देशहरुसँग भइरहेको छ । विश्व व्यापार संगठनमा धेरै परिर्वतनहको खाँचो छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक स्वघोषित रुपमा विकासोन्मुख राष्ट्र हुन सक्दैन । र, अरुको मूल्यमा प्रणाली नियन्त्रण गर्न सक्दैन ।
वर्षौंसम्म यस्ता कुराहरु नजरअन्दाज गरियो । सहियो । वा, प्रोत्साहन गरियो । भूमण्डिलीकरणले नीतिले अघिका नेताहरुमा धेरै दवाव सृजना गर्यो, जसले उनीहरलाई आफ्नो राष्ट्रिय स्वार्थ भुल्न बाध्य बनायो । तर, अब अमेरिकाको हकमा ती दिनहरु समाप्त भएका छन् ।