ग्लोबल आइएमई बैंक र नेपाल खुल्ला विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल खुल्ला विश्वविद्यालयबीच शुल्क सङ्कलन सम्बन्धी सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट कुल सचिव कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेका छन्।

 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङ्गमार्फत शुल्क तिर्न सक्नेछन् ।

 

बैंकले देशभर १४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८८ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयबाट बैकिङ्ग सेवा प्रदान गर्दै आाएको छ ।

लक्ष्मी बैंकले असोज २३ बाट २ अर्बको ऋणपत्र बिक्री गर्ने Read Previous

लक्ष्मी बैंकले असोज २३ बाट २ अर्बको ऋणपत्र बिक्री गर्ने

उदारवादको बुई चढेर चीनले विश्व अर्थतन्त्रमा हैकम जमायो : ट्रम्प Read Next

उदारवादको बुई चढेर चीनले विश्व अर्थतन्त्रमा हैकम जमायो : ट्रम्प