लक्ष्मी बैंकले असोज २३ बाट २ अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले अतिरिक्त पूँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ । यसैक्रममा लक्ष्मी बैंकले असोज २३ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ दरमा २० लाख युनिट ऋणपत्र निष्काशन गर्न लागेको हो।

 

बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ ।

 

निष्काशित इकाईमध्ये २० प्रतिशत अर्थात ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ भने ६० प्रतिशत अर्थात १२ लाख इकाई बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ ।

 

यस ऋणपत्रको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ ।

 

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।यो ऋणपत्रमा छिटोमा असोज २७ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने कात्तिक २२ गतेसम्म भर्न सकिनेछ ।

 

बैंकको ऋणपत्रमा लगानीकर्ताले सी–आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेर मार्फत आवेदन दिन सक्नेछन् ।

सडक जामले गर्दा बिरामीको बाटोमै मृत्यु Read Previous

सडक जामले गर्दा बिरामीको बाटोमै मृत्यु

ग्लोबल आइएमई बैंक र नेपाल खुल्ला विश्वविद्यालयबीच सम्झौता Read Next

ग्लोबल आइएमई बैंक र नेपाल खुल्ला विश्वविद्यालयबीच सम्झौता