सडक जामले गर्दा बिरामीको बाटोमै मृत्यु

काठमाडौं । उपचारको लागि काठमाडौं ल्याउँदै गरेको बिरामीको जामका कारण बीच बाटोमै मृत्यु भएको छ ।

 

त्रिभुवन राजपथ मर्मत र सवारी आवागमनका कारण ३० किलो मिटरभन्दा बढी जाम भएपछि रौतहट गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाहको बसभित्रै मृत्यु भएको छ ।

 

मिगौलाका बिरामी शाहको थप उपचारका लागि काठमाडौँ ल्याउने क्रममा पृथ्वीराजमार्गस्थित थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा बस भित्रै मृत्यु भएको महादेवबेसी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए ।

दशैंको लागि नयाँ नोट वितरण शुरु, कहाँ–कहाँबाट पाइन्छ Read Previous

दशैंको लागि नयाँ नोट वितरण शुरु, कहाँ–कहाँबाट पाइन्छ

लक्ष्मी बैंकले असोज २३ बाट २ अर्बको ऋणपत्र बिक्री गर्ने Read Next

लक्ष्मी बैंकले असोज २३ बाट २ अर्बको ऋणपत्र बिक्री गर्ने