लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुँदै, स्वाप रेसियो कति ?

काठमाडौं । बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेको छन् । बीमा समितिले आगामी चैत मसान्तसम्म जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएसँगै बीमा कम्पनीहरु मर्जरमा जान थालेका हुन् ।

पछिल्लो दुई महिनामै १३ वटा बीमा कम्पनीहरुले एक आपसमा मर्जरमा जाने सम्झौता गरिसकेका छन् । यसैबीच, बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले पनि एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका छन् ।

उक्त सम्झौतामा सगरमाथा इनस्योरेन्सको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रारम्भिक सहमति अनुसार दुई कम्पनी बीच १००ः८० सेयर अनुपातमा मर्जरमा जाने सहमति भएको सगरमाथाका सीईओ चंकी क्षेत्रीले जानकारी दिए । यद्यपि, स्वाप रेसियोको अन्तिम टुंगो भने डीडीए रिपोर्टपछि मात्रै टुंगो लाग्ने उनले बताए ।

हाल लुम्बिनी जनरलको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ छ भने सगरमाथा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैयाँ छ।

यसअघि, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, एभरेष्ट र हिमालयन जनरल, सूर्य लाइफ र ज्योती लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ, जनरल र सानिमा जनरल तथा युनियन लाइफ, प्राइम लाइफ र गुँरास लाइफ बीच एक आपसमा मर्ज हुने सम्झौता भइसकेको छ ।

आजदेखि ५ कम्पनीको सेयर कारोबार रोक्का Read Previous

आजदेखि ५ कम्पनीको सेयर कारोबार रोक्का

अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाटै सजिलै हेर्नुहोस् नतिजा Read Next

अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाटै सजिलै हेर्नुहोस् नतिजा