अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाटै सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबीले आज बिहान साढे ११ आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ५ जनाले थप १ कित्ता सेयर पाएका छन् । आवेदन दिएका १२ लाख ६४ हजार ९३८ जनाको भने हात रित्तो भएको छ ।

कम्पनीले असार २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले विक्रीमा ल्याएको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुँदै, स्वाप रेसियो कति ? Read Previous

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुँदै, स्वाप रेसियो कति ?

वर्तमान सरकारले १ वर्षमा हवाई क्षेत्रमा के-के काम गर्‍याे ? Read Next

वर्तमान सरकारले १ वर्षमा हवाई क्षेत्रमा के-के काम गर्‍याे ?