साउनमा पनि बैंकहरूले ब्याजदर नबढाउने

काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघले साउनमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको जनाएको हो ।

ब्याजदर बढाउँदा पनि अपेक्षित रुपमा निक्षेप बढ्न नसकेको निष्कर्ष निकाल्दै बैंकहरूले ब्याजदर नबढाउने भएका हुन् । वाणिज्य बैंकहरूले गत फागुनमा निक्षेपको ब्याजदर बढाएका थिए भने चैतदेखि यता स्थिर राखेका छन् ।

अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याज बैंकहरूले दिइरहेका छन् । यसैगरी बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् ।

गत फागुनमा राष्ट्र बैंकले कर्जा प्रवाह निरुत्साहन गर्न भन्दै बैंकहरूलाई ब्याजदर बढाउन निर्देशन दिएको थियो । बैंकहरूले फागुनमा ब्याजदर बढाए पनि चैत यता ब्याजदर बढाएका छैनन् ।

दोर्दी खोला जलविद्युतको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

दोर्दी खोला जलविद्युतको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी