दोर्दी खोला जलविद्युतको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीऋो) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बुधबार कम्पनीको संस्थापक र सर्वसाधरण गरी कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै बिहीबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १०२.३९ रुपैयाँदेखि ३०७.१७ रुपैयाँँ ओपनिङ्ग रेन्ज दिएको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले DORDI संकेत चिह्न प्रदान गरेको छ ।

३ जना अट्ने अटो-रिक्सामा २७ जना चढेपिछ...(भिडियोसहित) Read Previous

३ जना अट्ने अटो-रिक्सामा २७ जना चढेपिछ...(भिडियोसहित)

साउनमा पनि बैंकहरूले ब्याजदर नबढाउने Read Next

साउनमा पनि बैंकहरूले ब्याजदर नबढाउने