सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार ११ अंकले बढेको नेप्सेमा आज उच्च अंकको बढोत्तरी आएको हो । सोमबार एकैदिन ७७ अंकले घटेको नेप्से पछिल्ला दुई दिनमा ७१ अंकले  बढेको छ ।

सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३४ करोडले बढेर २ अर्ब नाघेको छ ।

बुधबार नेप्से ५९.५४ अंकले बढेर १९८६.८२ विन्दुमा पुगेको छ । यसदिन २२५ कम्पनीको २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूहको परिसूचक पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंक ८ करोड र नेपाल बैंक साढे ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स फाइनान्स र नेपाल फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सीईडीबी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड २, नबिल ब्यालेन्स फण्ड २, कुमारी इक्वीटी फण्ड, ग्रीन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, ग्रीन लाइफ हाइड्रोपावर र लक्ष्मी लघुवित्तका सेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

त्यस्तै, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, नारायणी विकास बैंक, हिमालयन पावर, सिभिल बैंक लगायत १ दर्जन कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

साउनमा पनि बैंकहरूले ब्याजदर नबढाउने Read Previous

साउनमा पनि बैंकहरूले ब्याजदर नबढाउने

विश्व बैंकले नेपाललाई १० अर्ब ऋण दिने Read Next

विश्व बैंकले नेपाललाई १० अर्ब ऋण दिने