नबिल र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार सुरू

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बङ्गलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको ।

दुई बैंकको एकीकृत कारोबार सुरु गरेको अवसरमा हायात होटलमा आयोजित समारोहमा समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत दृष्टिगत गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यस्तो कदम चालेको बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताए।

उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने हुँदा स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताए । मुख्य सचिव बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलङ्काको जस्तो नरहे पनि सचेत र चनाखो भने हुनुपर्ने बताए ।

कार्यक्रममा बैंकिङ प्रणालीमा स्वस्थ प्रतिस्पर्धा, व्यावहारिक नाफा र सामाजिक उत्तरदायित्वका बारेमा बैंकहरुले मनन गर्नुपर्ने उनको भनाइ थियो । दुवै बैंकलाई राष्ट्र बैंकले यही असार १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

नेपाली सेनाद्धारा बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ १८ किमी सडक निर्माण Read Next

नेपाली सेनाद्धारा बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ १८ किमी सडक निर्माण