काठमाडौं । हिमालयन हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ)बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान साढे ८ बजे आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी २ जनाले थप १ कित्ता सेयर पाएका छन् । १४ लाख १० हजार ७४९ जनाकाे भने हात रित्तो भएको छ ।
कम्पनीले असार १५ गतेदेखि प्रतिकित्ता १०० अंकित दरले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख लाख ६८ हजार २५० कित्ता साधारण सेयरमा विक्रीमा ल्याएको थियो । जसमा १५ लाख ९३ हजार ७९६ जनाले आवेदन दिएका थिए ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र हिमालयन हाइड्रोपावर कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।