फेरि बढ्यो सार्वजनिक गाडी भाडा, कहाँको कति पुग्यो ? (भाडादरसहित)

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । पेट्रोलियम पद्धार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो ।

नेपाल आयल निगमले गत साता डिजेलको भाउ प्रतिलिटर ९ रुपैयाँ बढाएको थियो । विभागले सोमबारदेखि लागू हुने गरी यात्रुवाहक सवारीसाधनमा १.७९ प्रतिशत भाडा बढाएको हो ।

त्यसैगरी, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २.३४ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत भाडा बढाइएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

यस्तो छ पछिल्लो पटक बढेको भाडादर

 

धमाधम मर्जरमा जाँदै बीमा कम्पनी, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीच भयो सम्झौता Read Previous

धमाधम मर्जरमा जाँदै बीमा कम्पनी, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीच भयो सम्झौता

भारतीय रिजर्व बैंकद्धारा भारुमा आयात-निर्यात गर्न अनुमति, डलरको परनिर्भरता घट्ने Read Next

भारतीय रिजर्व बैंकद्धारा भारुमा आयात-निर्यात गर्न अनुमति, डलरको परनिर्भरता घट्ने