धमाधम मर्जरमा जाँदै बीमा कम्पनी, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीच भयो सम्झौता

काठमाडौं । बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेको छन् । बीमा समितिले आगामी चैत मसान्तसम्म जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएसँगै बीमा कम्पनीहरु मर्जरमा जान थालेका हुन् ।

पछिल्लो दुई महिनामै ७ वटा बीमा कम्पनीहरुले एक आपसमा मर्जरमा जाने सम्झौता गरिसकेका छन् । यसैबीच, आज सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् ।

सोमबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीच मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुवै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल प्रिमियर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २२ करोड र सिद्धार्थको चुक्ता पूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । दुवै कम्पनी बीच १ः१ सेयर अनुपातमा मर्जरमा जाने सहमति भएको बताइएको छ । यद्यपि, आधिकारिक जानकारी भने गराइएको छैन ।

यसअघि, एभरेष्ट र हिमालयन जनरल बीच, सूर्य लाइफ र ज्योती लाइफ बीच र युनियन लाइफ, प्राइम लाइफ र गुँरास लाइफ बीच एक आपसमा मर्ज हुने सम्झौता भइसकेको छ ।

भक्तपुरको यातायात कार्यालय सारिँदै, व्यवसायीको विरोध Read Previous

भक्तपुरको यातायात कार्यालय सारिँदै, व्यवसायीको विरोध

फेरि बढ्यो सार्वजनिक गाडी भाडा, कहाँको कति पुग्यो ? (भाडादरसहित) Read Next

फेरि बढ्यो सार्वजनिक गाडी भाडा, कहाँको कति पुग्यो ? (भाडादरसहित)