डलर संचितिमा सुधार, एक महिनामै ढुकुटीमा थपियो १७ करोड डलर

काठमाडौं । अमेरिकी डलर संचितिमा सुधार आएको छ । पछिल्लो एक महिनाको अवधिमा राष्ट्रिय ढुकुटीमा १७ करोड डलर थपिएको हो ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउन जेठ)को तथ्यांक अनुसार जेठ महिनामा १७ करोड डलर बढेको हो ।

वैशाख मसान्तसम्म ९ अर्ब २८ करोड डलर संचिति रहेकोमा जेठ मसान्तसम्म बढेर ९ अर्ब ४५ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकले आयातमा गरेको कडाइ र विदेशी पर्यटकको आगमन बढ्दा डलर संचितिमा सुधार आएको हो ।

समीक्षा अवधिमा कुल विदेशी विनिमय संचितिमा पनि गिरावट आएको छ । २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा रु.११७६ अर्ब ८४ करोड कायम भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई रु.१०३१ अर्ब ८९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई रु.१४४ अर्ब ९५ करोड कायम भएको छ । २०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.० प्रतिशत
रहेको छ ।

एकैपटक ३ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति ? Read Previous

एकैपटक ३ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति ?

झन् खस्कँदै अर्थतन्त्र,यस्ता छन् मुख्य सूचक Read Next

झन् खस्कँदै अर्थतन्त्र,यस्ता छन् मुख्य सूचक