काठमाडौं । एकैपटक ३ कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोपावरलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।
बोर्डले अभियानलाई प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीआ जारी गर्न अनुमति दिएको हो । अभियानले आइपीओ जारी गर्न यस अघि नै मुक्तिनाथ क्यापिटललाई सेयर विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
यसैगरी, धौलागिरी लघुवित्तले पनि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ ल्याउन अनुमति पाएको छ । यसको सेयर विक्री प्रबन्धकको सनराइज क्यापिटल रहेको छ ।
यस्तै, सिक्लेस हाइड्रोपावरले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ ।हाइड्रोपावरले सर्वसाधरण र आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आइपीओ जारी गर्न अनुमति पाएको हो । यसको सेयर विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ ।